कर्णालीको सभामुख पदमा दुई जनाको उम्मेदवारी

काठमाडाैं | पुस ३०, २०७९

कर्णालीको सभामुख पदमा दुई जनाको उम्मेदवारी

सुर्खेत:   कर्णाली प्रदेशको सभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । सभामुखका लागि नेकपा (एमाले)का नन्दा गुरुङ र नेपाली कांग्रेसका खड्ग पोखरेलको उम्मेदवारी दर्ता भएको हो ।


शनिबार बसेको एमाले संसदीय दलको बैठकले सभामुखमा गुरुङलाई उठाउने निणर्य गरेको हो । प्रदेश अध्यक्ष विनोदकुमार शाहले सभामुखमा गुरुङलाई उठाउने निणर्य भएको जानकारी दिनुभयो । सुर्खेतबाट समानुपातिक सांसद एमालेकी गुरुङले उम्मेदवारी दर्ता गर्नुभएको हो ।


यस्तै, कांग्रेसका पोखरेलले शनिबार प्रदेशसभामा पुगेर सभामुखमा उम्मेदवारी दिनुभएको हो । प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले बिहान करिब ११ बजे कांग्रेसका नेता पोखरेलले उम्मेदवारी दर्ता गराएको जानकारी दिनुभयो । पोखरेल सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेशसभा (१) बाट निर्वाचित हुनुभएको हो । सभामुखको निर्वाचन भोली (आइतबार) हुँदैछ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्